एमालेको पोलिटबयुरो बैठक बस्दै


 


काठमाडौ ,फागुन ४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटबयुरो बैठक आज बस्दैछ । दिउँसो १ बजे धुम्वाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनितिक अवस्था र पार्टीको भावी रणनितिका सम्बन्धमा छलफल हुनेछ । बैठकमा पार्टी अध्यक्ष केपी ओलीको प्रतिवेदन तथा पार्टीको आन्तरिक अवस्था, मेची महकाली अभियान, स्थानीय निर्वाचन, संविधान संशोधन लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि हिजो बसेको पार्टी स्थायी कमिटी बैठकले राजनीतिक निकासका लागी निर्वाचन बाहेक कुनै विकल्प नभएको समेत ठहर गर्दै संबिधानले तोकेको समयसीमा भित्रै तीनै तहको निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बालकोट स्थित अध्यक्ष ओलीको निवासमा बसेको स्थायी कमिटी बैठकले अर्को वर्षको मंसिरअघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न आवश्यक कानुनी र राजनीतिक वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो । बैठकमा अध्यक्ष केपी ओलीले गतिरोध अन्त्यका लागि अन्य दलसँग भइरहेको प्रयासबारे ब्रिफिङ गर्नुभएको थियो । मधेसी मोर्चासँग संवादहिनताको अबस्था तोडिएको भन्दै अध्यक्ष ओलीले केही सहज वातावरण बन्दै गएको बैठकमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्