डडेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु



डडेल्धुरा, फागुन ४

डडेल्धुरा सदरमुकाम नजिकै जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ  । बुधबार बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीपका चालकसहित अन्य पाँच जना घाइते भएका छन् । जीपमा चालकसहित १० जना रहेको प्रारम्भीक अनुमान छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घाइतेलाई उपचारका उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News