स्ववियु निर्वाचन फागुन १४ मै गराइने


 


काठमाडौं, फागुन ४

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी नेताहरुबीच आज बालुवाटारमा भएको छलफलमा स्ववियु निर्वाचन गर्न चाहिने सम्पूर्ण सुरक्षाको व्यवस्था सरकारले मिलाउने सहमति भएको हो ।

निर्वाचन गराउन नसक्ने भन्ने क्याम्पस प्रमुखहरुसँग छलफल गरी सरकारले सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता प्रधानमन्त्री दाहालले गरेका हुन् । बैठकले सुरक्षाको कुनै चिन्ता नलिई निर्वाचन कार्यक्रमलाई अघि बढाउन सम्बन्धित क्याम्पसहरुलाई निर्देशन दिएको बैठकमा सहभागी एमाले नेता रविन्द्र अधिकारीले जानकारी दिए । बैठकले निर्धारित मितिमै स्ववियु चुनाव सम्पन्न गराउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्