प्रमुख तीन दलबीच वैशाखभित्रै चुनाव गर्ने सहमति भएको छ -प्रधानमन्त्री


 


काठमाडौ, फागुन ४

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलबीच आगामी वैशाखभित्रै स्थानीय निर्वाचन गर्ने सहमति बनिसकेको दाबी गरेका छन् । बुधबार पाँचथरको याङ्नाम र नागिनको सिमानामा निर्माण गरिएको हेवाखोला जलविद्युत् परियोजना ‘ए’को उद्घाटन गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा वैशाखभित्रै चुनाव गर्ने सहमति बनेको बताए ।

सरकारले साना लघुजलविद्युत् परियोजनामात्रै नभएर अब जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीहरुबाट बिजुली उत्पादन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको पनि प्रधानमन्त्री दाहालले बताए । सो अवसरमा उर्जामन्त्री जनार्दन शर्माले काम गर्ने शैली परिवर्तन गर्दै अघि बढ्नसके विकासका योजनाहरु कार्यान्वयन हुने बताए ।

कार्यक्रममा पूर्वसभामुख सुवास नेम्वाङ, स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुलगायत पनि सहभागी थिए । गत कात्तिकमा निर्माण सम्पन्न भएको यस आयोजनाबाट १४ दशमलव ९ मेगावाट बिजुली उत्पादन भइ केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ ।

 

प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्