सिम्रिक एयरको हेलिकोप्टर गोरखामा दुर्घटना


 


गोरखा, असार ७

उत्तरी गोरखाको समा गाउँ गाविसको साम्दो भन्ने ठाउँमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना भएको छ।

खानेपानी तथा सरसफाईसम्बन्धी कार्यक्रममा गएको उक्त हेलिकोप्टर ल्यान्डिङ गर्ने बेला दुर्घटनामा परेको गोरखाका प्रमुख जिल्ला अधिकारी उद्वव तिमल्सेनाले  बताए।

हेलिकोप्टरका पाइलट क्याप्टेन सुरेन्द्र पौडेलसहित पाँच यात्रु सकुशल रहेको सिम्रिक एयरको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ७ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्