एमालेको पोलिटव्युरो बैठकमा राजनीतिक प्रतिवेदनमाथी छलफल हुँदै


 


काठमाडौं, फागुन ५

नेकपा एमालेको पोलिटव्युरो बैठकमा आज राजनीतिक प्रतिवेदनमाथी छलफल हुँदैछ । हिजोदेखी राजधानीमा शुरु बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी सदस्यहरुले आफ्नो धारणा राख्ने छन् । यसअघि हिजोको बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमवारे जानकारी गराउदै चुनावको वातावरण बनाउन मधेसी दलहरुलाई मनाउने अन्तिम प्रयास भइरहेको बताए ।

बैठकमा अध्यक्ष ओलीले चुनावी वातावरण बनाउनका लागी संविधान संशोधनको बिषयमा पार्टीले लचकता अपनाएर मोर्चालाई सहमत गराउन भूमिका खेल्ने बताएका थिए। पार्टी प्रमुख सचेतक भानुभक्त ढकालले जेठभित्र चु्नाव गराउने बिषयमा सत्ता साझेदार कंग्रेस माओवादी केन्द्रसंग भएको समझदारी अनुसार मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउनेवारे बैठकले निर्णय गर्ने जानकारी दिए।

संविधान संशोधनको बिरोधमा रहेको एमालेले मोर्चालाई मनाउने प्रयासमा पछिल्लो समय मधेस केन्द्रित दलहरुसंग संवाद समेत शुरु गरेको छ । प्रमुख सचेतक ढकालले संविधान संशोधनको प्रक्रियामा पार्टीले सर्तसहित लचकता अपनाउनेवारे बैठकले निर्णय गर्ने बताए ।

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्