वैशाख अन्तिम र जेठ पहिलो हप्ता चुनाव गर्न एमालेको सुझाव



काठमाण्डौ, फागुन ५

नेकपा एमालेको पोलिट्व्युरो बैठकले स्थानीय तह दुई चरणमा गर्ने हो भने वैशाख अन्तिम र जेठ पहिलो हप्ता गर्न सरकारलाई आग्रह गरेको छ। बिहीबार सकिएको पोलिट्व्युरो वैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्नुपर्ने अवस्था आएमा वैशाख अन्तिम र जेठ पहिलो हप्ता गर्न सुझाव दिएको स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए।

एमालेले आउँदो कात्तिक वा मंसिरमा प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने भएकाले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न पनि सरकारलाई आग्रह गरेको छ। पोलिट्व्युरो बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र सचिव प्रदीप ज्ञवालीले पेश गरेको मेची महाकाली राष्ट्रिय अभियानको कार्ययोजना पारित गरेको गुरुङले जाकारी दिए।

पोलिट्व्युरो सदस्यहरुले एमाले नेतृत्वको सरकार ढालेर माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गर्नुपर्ने अवस्था कसरी आयो भनी अध्यक्ष केपी शर्मा ओलीसँग प्रश्न गरेका थिए। बिहीबारको बैठकमा नेताहरु भीम रावल, डा. पुष्प कँडेल, लालबाबु पण्डित, रघु पन्त, गंगालाल तुलाधर, काशीनाथ अधिकारी, राजेन्द्र पाण्डे, श्रीमाया थकाली लगायतले धारणा राखेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News