राप्रपाको महाधिवेशन आजबाट सुरु हुँदै


 


काठमाडौं, फागुन ६

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट राजधानीमा शुरु हुँदैछ । महाधिवेशनले अध्यक्षसहितको केन्द्रीय समिति चुन्ने छ । यद्यपि, अध्यक्षमा कमल थापा सर्वसम्मत बनाउने सहमति शीर्ष नेताहरुले गरिसकेका छन् ।

काठमाडौं हुने महाधिवेशनले पार्टीका अरु पदाधिकारी र केन्द्रीय सदस्यहरु पनि चयन गर्नेछ । पार्टीलाई सम्बर्धनवादी दलका रुपमा उभ्याउने र आगामी निर्वाचनमा राम्रो उपस्थिति देखाउने गरी दुई पार्टी राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि यो महाधिवेशन गर्न लागिएको हो ।

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्