आजदेखि स्थानीय निकायको काम सुचारु हुने


 


काठमाडौं, फागुन ६
स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि ठप्प रहेको ठप्प स्थानीय निकायको कामकारबाही आजदेखि सुचारु हुदैछ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी संघ, संगठनका प्रतिनिधिबिच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्ने लगायत सातबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो ।

मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबिच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको मत्रालयका सल्लाहकार माधव सापकोटाले जानकारी दिए । स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायका कर्मचारी सरह समान अवसर प्रदान गर्नुपर्ने, लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्ने लगायत माग राख्दै स्थानीय निकायका कर्मचारी चार दिनदेखि आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्