सोमबार स्थानीय तहको चुनावको मिति घोषणा हुन्छ- प्रधानमन्त्री



सिरहा, फागुन ८

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गरिने बताएका छन् । संविधान संशोधन गरेर चाडो चुनावमा जानु आफ्नो मुख्य दायित्व भन्दै उहाँले अब त्यो समय आइसकेको उल्लेख गरे ।

सिरहाको लहानमा आज श्रीमद् भागवत महापुरण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्दैै प्रधानमन्त्री दाहालले सोमबारको मन्त्रिपरिषद बैठकबाट स्थानीय तहको चुनावको घोषणा गरिने बताएका हुन् ।

‘शान्ति, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि संविधान कार्यान्वयन जरुरी भएको भन्दै उनले संविधान संशोधनको प्रक्रियालाई पनि सँगसँगै अघि वढाइने बताए ।

मधेसले नै आफूंलाई प्रधानमन्त्री बनाएको भन्दै उनले जनसंख्याको आधारमा मधेसमा स्थानीय तहको निर्धारण गरिने जानकारी पनि दिए ।

 

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News