निर्वाचन कसैले रोकेर रोकिदैन – वनमन्त्री


 


भक्तपुर, फागुन ८

वनमन्त्री शंकर भण्डारीले सरकार निर्वाचनको तयारीमा जुटिसकेकाले अब निर्वाचन कुनै पनि हालतमा अघि बढ्ने बताएका छन । उनलेअब निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरे । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भण्डारीले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न र अर्को वर्ष ७ माघ भित्र तीन वटै तहको निर्वाचन गर्नेगरी सरकारले गृहकार्य अघि बढाइसकेको बताए ।

सबैको सहमतिमा निर्वाचन गर्नका लागि एमाले र मधेसवादी दलसँग सरकारले वार्ता र संवादलाई निरन्तरता दिइरहेको बताउँदै निर्वाचन नजाने घुर्की कसैले लाउँदैमा निर्वाचन नरोकिने प्रष्ट पारे । सरकारले जुनसुकै दिन निर्वाचनको मिति घोषणा गर्न सक्ने मन्त्री भण्डारीको भनाई छ । निर्वाचनको विषयलाई लिएर एमाले सस्तो लोकप्रियतामा लागेको आरोप लगाउँदै उहाँले नर्वाचनको विषयमा गलत प्रचार नगर्न पनि सबैमा अपिल गरे ।

प्रकाशित मिति: ८ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्