संशोधन विधेयकसँग मन्त्री पद साटेर माननीय शब्दकै अपमान गरियो – ओली


 


काठमाडौ, फागुन ८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरु निर्वाचनबाट पन्छिन खोजेको आरोप लगाएका छन्। काठमाडौंमा एमालेको पेशागत विशेष जिल्ला कमिटीले गरेको कार्यक्रममा सत्तारुढ दलहरु चुनाव घोषणा गरेपनि चुनाव नगर्नेतर्फ लागिरहेको बताए। ‘निर्वाचन हुनुपर्छ भन्नेमा हाम्रो जोड छ। तर उनीहरु स्केप गर्न चाहन्छन्। बाध्य भएर निर्वाचन घोषणा गरेपनि चुनाव नगर्नमा झोड छ’ उनले भने ‘खास कुरा के हो हामी पिनि बुज्न सकेका छैनौं।

‘ अध्यक्ष ओलीले निर्वाचन घोषणा गराउने र चुनाव पनि गराउनेमा आफूहरुको जोड रहेको बताए। सत्तारुढ दलले संविधान संशोधनमा सहमति जुटाउन मन्त्री पद बाँडेको आरोप पनि ओलीले लगाए। ‘फलानालाई मन्त्री दिएर संशोधन प्रस्ताव पारित गराइन्छ नि भनेर माननीय शब्दकै अपमान गरियो’ उनले भने। पेशागत कमिटीले गरेको भाषा स्थानीयकरण तथा सम्पदा संरक्षण आजको आवश्यकता विषयक उक्त कार्यक्रममा भाषा तथा सम्पदा संरक्षण परिषद नेपालका अध्यक्ष डा लक्ष्मीप्रसाद खतिवडाले स्थानीय भाषा संरक्षणका विषयमा कार्यपत्र पेश गरेका थिए।

प्रकाशित मिति: ८ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्