स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने तयारी


 


काठमाडौं, फागुन ९

सरकारले स्थानीय निकाय पुनस्संरचना प्रतिवेदन संशोधन गर्दै सोमबार निर्वाचनको मिति घोषणा गर्ने भएको छ। सत्तारुढ काँग्रेसको अडानपछि चुनाव एकै चरणमा गर्ने सरकारको तयारी छ।

काँग्रेससहित सरोकारवाला पक्षसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार दुईपटक मन्त्रिपरिषद् बैठक राखेर निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन्।

निर्वाचनको मिति घोषणापछि प्रमुख प्रतिपक्षी एमाले संविधान संशोधन प्रस्ताव अघि बढाउन सकारात्मक रहेको निष्कर्षसहित सरकारले चुनावको मिति र संशोधन प्रस्ताव एकैसाथ अघि बढाउने रणनीति लिएको हो। स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनप्रति असन्तुष्ट मधेसकेन्द्रित दलका माग सम्बोधन गर्दै सोमबार बस्ने पहिलो मन्त्रिपरिषद् बैठकले त्यसलाई संशोधन गर्नेछ।

प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्