म्यान्चेस्टर युनाईटेड र टोटनह्याम एफए कपको क्वाटरफाईनलमा



काठमाडौं, फागुन ९
शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफ।ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार राती भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २-१ ले हराउँदै म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा पुगेको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र ज्लातन ईब्राहिमोभिचले १-१ गोल गरे । ब्ल्याकबर्नका ड्यानी ग्राहमले एक गोल गरेका थिए । जीतसँगै म्यान्चेस्टर युनाईटेडले अर्को दावेदार टोली चेल्सीसँग क्वाटरफाईनल भिडन्त तय गरेको छ ।

एफए कप अन्तर्गतको अर्को खेलमा टोटनह्याम हट्सपरले फुल्हमलाई ३-० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ह्याट्रिक गरेका थिए । टोटनह्यामले अब क्वाटरफाइनलमा मिलवालसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News