वैशाख ३१ गते चुनाव गर्न आयोगलाई साढे १० अर्व दिने सरकारको निर्णय


 


 

काठमाण्डौ, फागनु १०

सरकारले वैशाख ३१ गते आइतबार चुनाव गर्ने निर्णय गर्दै त्यसका लागि निर्वाचन आयोगलाई साढे १० अर्व रुपैयाँ निकासा गर्ने निर्णय गरेको  छ ।सोमबार बेलुकी बसेको मन्त्रीपरिषदको बैठकले चुनावका लागि निर्वाचन आयोगलाई १० अर्व ६३ करोड ७६ हजार ७ सय २५ रुपैयाँ तत्काल निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

सरकारले चुनावको मिति घोषणा गरेसँगै अब देशमा चुनावी माहोल सुरु भएको मन्त्री कार्कीले बताए । देशभर वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने सरकारले घोषणा गरेको हो । मधेस केन्द्रित दलले संसदमा दर्ता भएको संविधान संशोधन पारित नगरि चुनावको मिति घोषणा नगर्न आग्रह गरे पनि सरकारले संशोधन प्रस्ताव संसदमा अघि बढाउने निर्णय गर्दै चुनावको मिति घोषणा गरेको हो । सरकारले मिति घोषणा गरेसँगै अब देशमा १९ वर्षपछि स्थानीय चुनाव हुने छ ।

 

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्