Deshko News
१५ मंसिर २०८०, शुक्रबार

विधान संशोधन गरेर नेपाली क्रिकेटको विवाद मिलाउन आइसिसी सहमत


 


काठमाण्डौ,फागुन १०

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ आइसिसी विधान संशोधन गरेर नेपाल क्रिकेट संघ ९क्यान० मा देखिएको विवाद सल्टाउन सहमत भएको छ । काठमाडौंमा गत शनिबार र आइतबार बसेको आइसिसीको प्रतिनिधिसँगको बैठकपछि आइसिसीले पहिलो पटक आफ्नो धारणा स्पष्ट पारेको हो ।

आइसिसीको दुबाईस्थित कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिए अनुसार नेपाली क्रिकेटको विवाद मिलाउन गठन गरिएको सुझाव समूहले संशोधित विधान अनुसार क्यानको निर्वाचन गराउन सुझाव दिएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरूद्ध मार्च ११ र १३ मा हुने खेलका क्रममा आइसिसीका पदाधिकारी काठमाडौं आउने र विधान संशोधनलगायत निर्वाचनको समय तय गर्ने आईसिसीले स्पष्ट पारेको छ ।

आइसिसीले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा आउँदो जुनमा आयोजना हुने आइसिसीको वार्षिक साधारण सभाले तय गर्ने स्पष्ट पारिएको छ । आइसिसीले राजनीतिक हस्तक्षेपलाई मूख्य आधार र स्वच्छ निर्वाचन हुन नसकेको भन्दै १० महिनाअघि गत अप्रिलमा नेपाललाई प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्