मोर्चाको तराई बन्दका कारण जनजीवन कष्टकर



सुनसरी, फागुन ११

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने सवारीका साधन चलेका छैनन् । शैक्षिक संस्था र बजार पसल पनि पूर्ण रुपमा बन्द छन् । सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । मोरङ्मा विराटनगरबाट दहुवी –इटहरीतर्फ जाने गाडी चलेका छैनन् ।

यस्तै सुनसरीमा इटहरीबाट झापा र धरानतर्फ जाने गाडी पनि चल्न सकेका छैनन् । झापामा भने बन्दको कुनै पनि प्रभाव छैन । सिरहा र सप्तरीमा यातायातका साधान, बजार, पसल ठप्प हुँदा बिहानैदेखि जनजीवन प्रभावित भएको छ । मोटरसाइकल भने फाट्टफुट्ट रुपमा चलेका छन् ।

बैशाख ३१ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि संयुक्त मेधेसी मोर्चा आन्दोलित भएको छ । मोर्चाले पहिले संविधान संसोधन गरेर मधेसी मोर्चाको माग पूरा गरेपछि मात्र निर्वाचन गर्न माग गर्दै तराईका २२ जिल्ला बन्द आह्वाान गरेको हो ।

बन्दको अघिल्लो दिन संयूक्त मधेसी मोर्चा रंगेलीले मंगलबार बेलुका रङ्गेलीस्थित काली मन्दिरबाट सरकारले चुनावको मिति घोषणा गरेकोमा विरोध जनउँदै राँके जुलुस निकालेको छ ।

संयुक्त मधेसी मोर्चा रङ्गेली संयोजक शंकरप्रसाद साहको नेतृत्वमा स्थानीय काली मन्दिर बाट निस्केको राँके जुलुस रंगेली चोक हुँदै बसपार्कमा पुगेर टुङ्गीएको थियो । संविधान संशोधन गर, लगायतका नारा लगाउँदै मोर्चाका कार्यकर्ताहरु जुलुसमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News