च्याम्पियन्स लिगमा इटालीको युभेन्टस र स्पेनको सेभिया विजयी


 


काठमाडौं, फागुन १२

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राती भएका खेलमा ईटालीको युभेन्टस र स्पेनको सेभिया विजयी भएका छन् । पोर्चुगलमा भएको खेलमा युभेन्टसले स्थानीय टोली एफ.सी पोर्टोलाई २-० ले हरायो । खेलमा युभेन्टसलाई विजयी गराउन मार्को पियाचा र ड्यानी आल्भेसले एक–एक गोल गरे ।

च्याम्पियन्स लिग राउन्ड अफ सिक्सटिन अन्तर्गत गएराति नै भएको अर्को खेलमा स्पेनको सेभियाले इङ्ल्यान्डको लेस्टर सिटीलाई २-१ ले हराएको छ । स्पेनमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन पाब्लो साराबीया र वाकिम कोरीयाले एक–एक गोल गरे । लेष्टर सिटीका लागि जेमी भार्डीले एक गोल फर्काएका हुन् । हारसँगै लेष्टर सिटीको लागि अर्को चरण प्रवेशको सम्भावना कठिन बनेको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्