संशोधन विधेयक अगाडि बढाउन एमाले सहमत


 


काठमाडौ, फागुन १२

व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सरकार र प्रतिपक्ष नेकपा एमाले सहमत भएका छन । बिहिबार बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा सो सहमति भएको हा । सभामुख घर्तीले संविधान संशोधन विधेयकलाई अगाडि बढाउन दुवै नेता सहमत भएको बताइन।
‘बिहिबार बाटै संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको छ, सभामुख घर्तीले भनिन। ‘सहमतिभन्दा अर्को विकल्प छैन। आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ। आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछु’,उनले उल्लेख गरिन ।

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्