निर्वाचनको मिति फिर्ता लिन नयाँ शक्ति पार्टी र संघीय समाजबादी फोरम नेपालको माग



काठमाडौ, फागुन १२

डा. बाुबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र संघीय समाजबादी फोरम नेपालले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन असान्दर्भिक भएको बताएका छन् ।

दुवै पार्टीले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले दलीय स्वार्थका लागि निर्वाचन मिति घोषणा गरेको भनदै संघ र प्रदेशको निर्वाचन नभई स्थानीय तहको निर्वाचनको मिति फिर्ता लिन आग्रह छन् ।

नयाँ शक्तिका संयोजक भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा दुबै दलले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक सिद्धान्त अनुसार संघीय संसदको चुनाव हुनुपर्ने माग गरेका छन् ।

विज्ञप्तीमा संविधान संशोधन प्रस्ताव पारित हुनुपर्ने, संघीयता कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचन पहिले हुनुपर्ने, प्रदेश मातहत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र विशेष क्षेत्रको संख्या र सीमा निर्धारण गर्नुपर्ने लगायत माग गरिएको छ ।

यस्तै विज्ञप्तिमा शिक्षा स्वास्थ्य सुरक्षा कुटनीति लगायत राज्यका अंगमा दलीय भागबण्डाका आधारमा भइरहेको नियुक्तिको प्रचलन बन्द गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News