लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्त



काठमाडौं, फागुन १३

गतवर्षको प्रिमियर लिग विजेता क्लब लेस्टर सिटीले प्रशिक्षक क्लाउडियो रानिएरीलाई वर्खास्त गरेको छ । च्याम्पियन्स लिगमा सेभिल्लासँग २–१ ले हारे लगत्तै रानिएरीलाई बर्खास्त गरिएको हो । जारी सिजनमा लेस्टर सिटीले खराब प्रदर्शन गरेपछि क्लबले रानिएरीलाई बर्खास्त गरेको हो ।

प्रिमियर लिगको यो सिजनमा लेस्टर सिटी रेलिगेसन जोनभन्दा एक स्थान मात्र माथि छ । क्लबको व्यवस्थापन समितिले नेतृत्व परिवर्तन अहिलेको आवश्यकता भएकाले रानिएरीलाई बर्खास्त गर्नुपरेको बताएको छ ।

रानिएरी क्लबका लागि अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक रहे पनि तत्काल क्लबको प्रतिष्ठा जोगाउनु मुख्य कुरा रहेको व्यवस्थापकीय पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News