पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय



इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइएको छ । उनकी पत्नी बुशरा बीबीलाई पनि ७ वर्षको जेल सजाय सुनाइएको छ ।

शुक्रबार रावलपिन्डीको आदियाला जेल अदालतले इमरान खान र उनकी पत्नीलाई अलकादिर ट्रस्ट सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जेल सजाय हुने फैसला सुनाएको हो ।

पूर्वप्रधानमन्त्री इमरान खान हाल जेलमै छन् । अदालतले उनी र उनकी पत्नीविरुद्ध १९० मिलियन पाउण्ड जरिवानाको सजाय पनि सुनाएको छ ।

प्रकाशित मिति: ४ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्