अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
काठमाडौँ। धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ । उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा। केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल सारिएको हो ।
केसीका सहयोगी डा। अमृत जैसीका अनुसार उनको शरीरमा सुगरको मात्रा निकै घटेर ५० पुगेको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको हो ।
केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, स्वास्थ्य सेवाको पहुँच तथा सम्बन्धित विषयमा आफ्ना माग सम्बोधन हुनुपर्ने माग राख्दै अनशन थालेका हुन् ।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार







