एसियाली मुलुकका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुदै



काठमाडौ,  फागुन १४

एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा दक्षिण एसियाली मुलुकका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुदैछ । दुईदिन सम्म चल्ने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल हुने बताइएको छ । सम्मलेनमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका देशका दलित सांसदहरुको सहभागिता रहनेछ ।

विश्वमा अन्धविश्वास र कुरीतिका रूपमा रहेको छुवाछूत तथा जातीय भेदभाव अन्त्यका लागि एसिया दलित अधिकार फोरमको सहयोगमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा विभिन्न देशमा रहेको जातीय भेदभाव तथा छुवाछूतको अवस्था र अबको रणनीतिबारे छलफल हुने दलित मञ्चका संयोजक एवं सांसद मीन विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News