यू–१९ महिला विश्वकप आजदेखि, नेपालले आज बंगलादेशसँग खेल्दै
काठमाडौं, माघ ५ । आइसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू हुँदैछ । दोस्रो संस्करणको यस विश्वकपमा नेपालसहित १६ देशले सहभागिता जनाउँदै छन् ।
नेपाली महिला क्रिकेटमा पहिलो पटक विश्वकप खेल्न लागेको नेपालले पहिलो खेल आज बङ्गलादेशसँग खेल्दैछ । आजको खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट शुरू हुनेछ । नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपमा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, आयोजक मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् ।
समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका हुँदा समूह ‘सी’ न्यूजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।
प्रकाशित मिति: ५ माघ २०८१, शनिबार
















