ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु




ब्राजिल । ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रहरीले अवैध हतियार बरामद गर्न गएको क्रममा गोली चलेको हो ।

प्रहरीका अनुसार, आपराधिक सङ्गठनले हतियार भण्डारण गरिरहेको थियो । साथै, पराना राज्यका साना सहरहरू तथा बैङ्कहरूमा आक्रमण गर्ने योजना बनाएको थियो ।

छापा मार्दा छ संदिग्ध मारिए र कुनै प्रहरीहरू घाइते भएनन् । प्रहरीले सेनाले प्रयोग गर्ने राइफलसहितका हतियारहरू बरामद गरेको छ ।

प्रकाशित मिति: ५ माघ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्