डोनाल्ड ट्रम्पले आज राष्ट्रपतिको शपथ लिँदै



एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमवार) सपथ ग्रहण गर्दैछन् ।

वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल सोमवार सकिएसँगै ट्रम्पले सपथ लिँदै पदभार ग्रहण गर्न लागेका हुन् ।

अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । त्यसपछि उनी सन् २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भए ।

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्