टर्कीको एक होटलमा आगलागी, ७६ जनाको मृत्यु



काठमाडौं । टर्कीको एक होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । आगलागीमा ५० जना घाइते भएका छन् ।

बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको बताइएको छ ।

आगलागीको समयमा उक्त होटेलमा २३८ जना रहेको समाचारमा उल्लेख छ । दुई हप्ताको जाडो बिदा मनाउनेहरूको भीडले होटेल भरिएको थियो ।

प्रकाशित मिति: ९ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्