अमेरिकाले हटायो कोलम्बियामाथि लगाएको प्रतिबन्ध



एजेन्सी । आप्रवासी बोकेको जहाज अवतरण गर्न दिने भएपछि कोलम्बियामाथि लगाएको कर अमेरिकाले फिर्ता लिएको छ।

अमेरिकाले अवैध बसेका कोलम्बियाका नागरिकलाई दुईवटा जहाजबाट फिर्ता पठाएपछि त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सैन्य विमानलाई अवतरण गर्ने अनुमति दिएका थिएनन्।

आफ्नो सैनिक जहाजलाई अवतरण गर्न नदिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले कोलम्बियामाथि कर लगाउने,त्यहाँका नागरिकमाथि अमेरिकी यात्रामा प्रतिबन्ध लगाउने,अमेरिकामा रहेका कोलम्बियालीहरूको भिसा रद्ध गर्ने आदेश जारी गरेका थिए।

दुई पक्षीय वार्तापछि कोलम्बियाले आफ्ना नागरिक बोकेको सैनिक विमानलाई अवतरण गर्न दिएपछि ह्वाइट हाउसले उमाथिको सबै प्रतिबन्ध हटाएको छ।

सैनिक हेलिकोप्टर अवतरण गर्न नदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोबीच व्यापार शुल्कको विषयमा तनाव बढेको थियो। अमेरिकाले अवैध आप्रवासी बोकेर पठाएको सैनिक जहाज कोलम्बियाले अवतरण गर्न समेत अनुमति दिएको जनाएको छ।

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्