किसानले फलाए ७ किलोको एउटै काउली



भक्तपुर, माघ १५ । किसानले विषादीको प्रयोग नगरी सात किलोको एएटै काउली फलाएका छन् ।

किसानले सूर्यविनायकमा जिल्ला कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको कृषि तथा घरेलु मेलामा आफ्नो बारीमा उत्पादित सात किलोसम्मको काउली बिक्रीका लागि ल्याएका हुन् ।

जिल्लामा रहेका विभिन्न कृषिसँग सम्बन्धित सहकारी संस्थाले उत्पादन गरेको काउली, च्याउ, ब्रो काउली, आलु, ताइचिन चिउरा, विभिन्न जातका दाल, मकैको खोस्टाका फूलहरू, काठका सामग्री र पश्मिनाका कपडा बिक्रीका लागि राखिएका संस्थाका अध्यक्ष सनिस लागेजुले जानकारी दिए ।

मेलामा कृषि उत्पादनमा उपभोक्ताको घुइँचो रहेको छ । कृषि सहकारीले कृषि तथा घरेलु उत्पादनबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १५ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्