तोलामा १४०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

आज नेपाली बजारमा सुन तोलामै एक हजार चार सय रुपैयाँले बढेको हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदी पनि केही बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

मंगलबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्