एकल अंकले घट्यो नेप्से, झन्डै तीन अर्बको कारोबार



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार ५.०६ अंकले घटेको छ ।

साताको चौथो कारोबार दिन आज (बिहीबार) दिनभर उतारचढाव रहेको नेप्से एकल अंकले घटेको हो।

यससँगै अघिल्लो कारोबार दिनको तुलनामा आज ०.१८ प्रतिशतले घट्दै नेप्से २७००.४७ विन्दुमा रोकिएको छ।

नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

नेप्से आज ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० पटकको कारोबारमा ७७ लाख २६ हजार ९६० कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार तीन अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ रुपैयाँको कारोबार भयो।

बुधबार भने तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँको कारोबार भएको थियो। यस्तै मंगलबार चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको कारोबार भएको थियो भने सोमबार चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँको कारोबार भएको थियो।

आज ७७ कम्पनीका सेयरमूल्य मात्र बढे। १८१ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे। १३ समूहको कारोबार भएकामा पाँच समूहका सूचक बढ्दा आठ समूहका सूचक घटे।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.०२ प्रतिशतले बढ्यो। विकास बैंक समूहको सूचक ०.५६ प्रतिशतले घट्यो भने फाइनान्स समूहको सूचक ०.२० प्रतिशतले बढ्यो।

यस्तै होटेल तथा पर्यटन ०.४४‚ जलविद्युत् ०.१२‚ लगानी ०.६२‚ जीवन बिमा ०.१४ र उत्पादन तथा प्रशोधन समूहको सूचक ०.१० प्रतिशतले घट्यो।

यसैगरी लघुवित्त ०.०४ र म्युचुअल फन्ड समूहको सूचक ०.१९ प्रतिशतले बढ्यो। निर्जीवन बिमा ०.३० र अन्य समूहको सूचक ०.८६ प्रतिशतले घट्यो भने व्यापार समूहको उपसूचक ०.३१ प्रतिशले बढ्यो।

अपोलो हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १५ प्रतिशतले भने आम्दानी गरे। यस्तै सोपान फर्म्यास्युटिकल्स लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। यस्तै प्रभु बैंकको डिबेन्चरका लगानीकर्ताले ५.५४ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। बिहीबार यसको ३१ करोड ९८ लाख ४७ हजार ८७१ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आज आँखुखोला नै अगाडि रह्यो। यसको आठ लाख २९ हजार ८२७ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ३८१ रुपैयाँ कायम रह्यो।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्