एनसिएसएसले याे बर्ष पनि टियु क्रिकेट खेल मैदान सरसफाइ गर्ने


 


काठमाडाैं, फागुन १६

आगामी फाल्गुन २८ र ३० गते हुने विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत नेपाल र केन्या बिचको खेलका लागि नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले टियु ग्राउन्डकाे प्याराफिट र मैदान वरपर सरसफाई कार्यक्रम गर्ने भएकाे छ ।

नेपाली भूमिमा हुन गइरहेकाे अन्तराष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे शोभा बढाउन एवं खेलकाे मर्यादालाई कायम राख्न समर्थक समाजले गत बर्ष नामिबिया संगकाे खेलमा पनि टियु मैदानकाे सरसफाई तथा ब्यवस्थापनमा सराहनीय काम गरेकाे थियाे ।

गत बर्षझैं यसपाली पनि केन्या र नेपालकाे खेल अघि यहि फाल्गुन २६ गते र २९ गते “मैदान ब्यवस्थापन तथा सरसफाई कार्यक्रम” गर्ने भएकाे छ, समर्थक समाजका अध्यक्ष भानु सिग्देल भन्नुहुन्छ -“नेपाली क्रिकेट समर्थकहरु क्रिकेटप्रति क्रेजी मात्र नभई सभ्य र अनुशासित पनि छन् भन्ने कुरा अन्तराष्ट्रिय जगतमा देखाउनु यस कार्यक्रमको उद्देश्य हो।

नेपाली क्रिकेट समर्थक समाजले नेपाली क्रिकेटकाे विकास तथा बिस्तार एवं नेपाली क्रिकेट समर्थकहरुकाे सभ्यतालाई बिश्वसामु चिनाउन हरेक किसिमका रचनात्मक कार्य गर्न तयार रहेकाे कुरा समेत अध्यक्ष भानु सिग्देल ले बताएका छन् ।

उक्त सरसफाइ तथा मैदान ब्यबस्थापन समर्थकको उपस्तिथिति बिना अपुरो हुने हुदा सम्पुर्ण आम नेपाली क्रिकेट समर्थक लाई मैदानमा उपस्तिथि भएर कार्यक्रम सफल बनाएर राष्ट्रिय गौरब बढाउन सहयोगको अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्