बक्स अफिसमा शाहिदको बिजोग


 


मुम्बई । शाहिद कपुर र पूजा हेगडे स्टारर चलचित्र ‘देवा’ ले बक्स अफिसमा कमजोर प्रदर्शन गरेको छ । चलचित्रले चार दिनमा मात्र २१ करोड भारतीय रुपैयाँ कमाउन सकेको छ ।

रिलिजको चौथो दिन चलचित्रको कमाइ २.२५ करोड भारुमा समेटिएको छ । साकनिल्कको रिपोर्ट अनुसार चलचित्रले पहिलो दिन ५.५ करोड, दोस्रो दिन ६.४ करोड र तेस्रो दिन ७.२५ करोड भारु कमाएको थियो । यस चलचित्रको बजेट ५० करोड रुपैयाँ रहेको छ ।

उता, अक्षय कुमारको ‘स्काई’ले रिलिजको ११ औँ दिन १.३५ करोड भारु कमाएको छ । चलचित्र गत २४ जनवरीमा रिलिज भएको थियो । चलचित्रले हालसम्म घरेलु बक्स अफिसमा १०१.३५ करोड कमाएको छ । चलचित्रले विश्वभर १२९ करोड कमाएको छ ।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्