सीआईबीको फेक इमेल बनाएर ठगी, संलग्न दुई जना पक्राउ


 


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका-१ का २१ वर्षीय ईन्द्रजित यादव रहेका छन्।

उनीहरुले प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

सीआईबीका अनुसार सुनसरी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्