सुर्खेतमा निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई जना बेपत्ता

सुर्खेत । निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई जना कामदार बेपत्ता भएका छन्।
सुर्खेतको बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा खसेर दुई जना भेरी नदीमा बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र अर्जुन झाँक्री मगर रहेका छन्।
घटना बुधबार दिउँसो साढे १ बजे भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रकाशित मिति: २३ माघ २०८१, बुधबार