ट्रम्पले लगाए तेस्रो लिङ्गीलाई खेलकुदमा रोक
काठमाडौँ, माघ २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला खेलकुदमा तेस्रो लिङ्गीलाई प्रवेशमा रोक लगाएका छन् ।
उनले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्दै महिला खेलकुद महिलाका लागि मात्र हुने बताए ।
यसअघि पनि डोनाल्ड ट्रम्प सत्तामा फर्कने बित्तिकै उनले ट्रान्सजेन्डरहरू विरुद्ध अवश्य कारबाही गर्ने स्पष्ट पारेका थिए ।
यो आदेशमा हस्ताक्षर गरे पछि डोनाल्ड ट्रम्पले अब महिला खेलकुदमा ट्रान्सजेन्डर नहुने बताएका छन् ।
प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार
















