तीस किलो तौलको खुकुरी



पाल्पाको रामपुर नगरपालिकामा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा प्रदर्शनीमा राखिएको तीस किलो तौल भएको रु एक लाख एघार एक सय ११ मुल्य पर्ने खुकुरी । सन्तोष विश्वकर्माले तयार पारेको खुकुरी यतिबेला मेलाको मुख्य आकर्षण बनिरहेको छ । तीस किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारिएको हो । तस्बिर: सुशीला रेग्मी/रासस

प्रकाशित मिति: २६ माघ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्