दोस्रो अभ्यास खेलमा नेपाल ८३ रनले विजयी



काठमाण्डौ, फागुन १७

भारत भ्रमण रहेको नेपाली क्रिकेट टीमले दोस्रो अभ्यास खेलमा जित हात पारेको छ। नेपालले मंगलबार राजवाडा क्रिकेट टीमलाई ८३ रनले पराजित गरेको हो। पहिलो खेलमा भने नेपाल राजवाडासँगै ४७ रनले हारेको थियो।

ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी क्रिकेट ग्राउण्डमा २४८ रनको लक्ष्य पछ्याएको राजवडालाई १६४ रनमा अलआउट गर्दै नेपालले भारत भ्रमणको पहिलो जित हात पारेको हो।

राजवाडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गर्दै नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २४७ रन बनाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक रन बनाए।

पहिलो अभ्यास खेलमा रावजाडाविरुद्ध नै शतक प्रहार गरेका कप्तान दोस्रो खेलमा भने शतक बनाउन बाट ५ रनले चुके। ११५ बल खेल्दै ज्ञानेन्द्रले ९५ रन बनाए।

ज्ञानेन्द्रसँगै सुनिल धमलासँगै नेपालको इनिङ्स सुरु गरेका थिए। पहिलो खेलमा ज्ञानेन्द्रसँगै आसिफले ओपनिङ गरेका थिए।

पहिलो विकेटका लागि ज्ञानेन्द्र र सुनिलले ९३ रनको साझेदारी गरेका थिए। सुनिल ४४ रन बनाएर आउट भए।
त्यसबाहेक नेपालका लागि मेहवुव आलमले ३० तथा सागर पुनले १७ रन जोडे। शरद भेषावकर ७, दीपेन्द्र सिंह एरी २ रन बनाएर आउट भए भने विनोद भण्डारीले खाता खोल्न सकेनन्।

यस्तै आरिफ शेख २४ तथा बसन्त रेग्मी १२ रनमा नटआउट रहे। बिलङमा सुशिल खत्री र मदुर खत्रीले समान २ विकेट लिए।

पहिलो खेलमा नेपाल वरुद्ध पहिले ब्याटिङ गर्दै २८१ रन बनाएको राजवाडाले दोस्रो खेलमा भने १६४ रन मात्र बनाउन सक्यो।

राजवाडाका लागि मदुर खत्रीले सर्वाधिक ४२ रन बनाए भने अशोक सिंहले ३३ रन जोडे। यस्तै मोहम्मद सफीले २३ तथा कपिल यादवले २१ रन बनाए।

राजवाडालाई कम स्कोरमा रोक्न नेपालका सन्दिप लामिछाने, सोमपाल कामी र सागर पुनले २-२ विकेट लिए भने करण केसी र अभिनास कर्णले १/१ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News