बौद्धको कुमारीगामा दुई समूहबीच झडप, एक युवकको हत्या
काठमाडौं । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ । बौद्धको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी बृत्त बौद्धले जनाएको छ ।
झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् । यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । अनुसन्धानमा असर पर्ने भन्दै घटनालाई गुपचुप राखिएको स्रोतको दावी छ ।
प्रकाशित मिति: २८ माघ २०८१, सोमबार
















