पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार
बझाङ । नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहमाथि चक्कु प्रहार भएको छ ।
उनीमाथि गएराति कुटपिट तथा चक्कु प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घटनामा संलग्न तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बझाङकै २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाल रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।
यता नेपाल पत्रकार महासंघका विभिन्न शाखाले चक्कु प्रहारमा संलग्नलाई कारबाही गर्न माग गरिरहेका छन् ।
प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार
















