बिहेकै दिन बेहुलाको मृत्यु, मिठाई किन्न गएका थिए



काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लामा बिहे भएकै दिन बेहुलाको मृत्यु भएको हो ।

१२ घण्टाअघि मात्रै विवाह गरेका सतिश नाम गरेका युवकको आफ्ना साथीहरूसँग मिठाई किन्न गाडीमा जाँदै गर्दा सडक दुर्घटनामा ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बाटोमा सडक छेउमा राखिएको ट्रकसँग कार ठोक्किएको थियो । दुर्घटनामा दुलाहासहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

हालै उनले मिरगञ्जको संग्रामपुर गाउँकी स्वातीसँग विवाह गरेका थिए । दुवै परिवारमा हर्षोल्लासका साथ मनाइँदै थियो । सबै अनुष्ठान सकिएपछि बेहुलीलाई बिदाइ गरेर सम्पूर्ण परिवार घर पुगेका थिए ।

राति केही आफन्तको बिदाईका लागि सतीश आफैं साथीहरूसँग मिठाई किन्न गएका थिए ।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्