अमेरिका पुगे भारतीय प्रधानमन्त्री मोदी



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् ।

अमेरिका भ्रमणमा रहेका उनी बिहीबार बिहान वाशिङटन डीसी पुगेका हुन् ।

‘भारत र अमेरिकाबीच व्यापक विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न उत्साहित छु। हामी दुवै देशले हाम्रा जनता र हाम्रो ग्रहको राम्रो भविष्यको लागि सँगै काम गर्न जारी राख्नेछौं,’ उनले लेखेका छन् ।

अमेरिकामा रहँदा उनले राष्ट्रपति डोनाल्ड ट्रमपलाई भेट्ने कार्यक्रम छ ।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्