नेपालका लागि नयाँ भारतीय राजदूतमा पुरीको नाम सिफारिस



काठमाडौं, फागुन १८

नेपालका लागि भारतले नयाँ राजदूतमा मन्जिवसिंह पुरीको नाम सिफारिस गरेको छ । भारतीय विदेश मन्त्रालयले पुरीको नाम सिफारिस गरेको हो । भारतीय राजदूत रणजीत रायले बुधबार (आज) आफ्नो तीन वर्ष ६ महिना लामो कार्यकाल पूरा गरेकै दिन भारतले पुरीको नाम राजदूतका लागि सिफारिस गरेको हो ।

भारत सरकारले पठाएको नामको ‘एग्रिमो’ नेपाल सरकारले स्वीकृत गरेपछि पुरी राजदूतकोरुपमा काठमाडौं आउनेछन् । सन् १९५९ मा जन्मिएका पुरीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । पुरी भारतका लागि युरोपियन युनियन, बेल्जियम र लक्जेमवर्गका राजदूत भएका थिए ।

भारतीय परराष्ट्र सेवामा सन् १९८२ ब्याचका पुरीले संयुक्त राष्ट्रसंघका लागि भारतका उप–प्रतिनिधिकोरुपमासमेत काम गरिसकेका छन् । उनले भारतीय सेक्युरिटी काउन्सिलको वरिष्ठ सदस्यकोरुपमासमेत २०११ देखि २०१२ सम्म काम गरेका थिए । उनीसँग विभिन्न देशका नियोगमा रहेर काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News