तीन किशोरीमाथि सामूहिक बलात्कार, १८ जना पक्राउ
नयाँदिल्ली । भारतको खुन्ती जिल्लामा तीन किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा झारखण्ड प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १२ देखि १७ वर्षका १८ अभियुक्तलाई पक्राउ गरेको भारतीय समाचार माध्यमले जनाएका छने । उनीहरु सबैलाई बाल सुधार गृहमा पठाइएको र सोमबार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो ।
पाँचजना युवती घरबाट केही दूरीमा विवाह समारोहमा पुगेका थिए । राति विवाह समारोहबाट पाँचजना युवती घरतर्फ निस्किनेक्रममा अभियुक्तहरुले तीन युवतीहरुलाई नियन्त्रणमा लिएका थिए भने दुई भाग्न सफल भएका थिए ।
उनीहरूले नै गाउँलेहरूलाई घटनाबारे जानकारी गराएका थिए । यसपछि गाउँले घटनास्थलमा पुगेपछि आरोपीहरू तीन किशोरी छाडेर भागेका थिए । घटनाबारे स्थानीयले आइतबार प्रहरीलाई खबर गरेका थिए ।
घटनापछि सबै आरोपीलाई पक्राउ गरिएको एसपी अमन कुमारले युवतीको बयान लिएर मुद्दा दर्ता गरी अभियुक्तलाई पक्राउ गरिएको बताए ।
प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार
















