मोरङमा बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला



काठमाडौँ। मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार दिउँसोबाट बेपत्ता भएकी चार वर्षीया बालिका कायानत खातुनको शव फेला परेको छ।

सुनवर्षी नगरपालिका– ९ डाइनियाकी उनको शव बेपत्ता भएको करिब ४ घण्टापछि घरबाट करिब २ सय मिटर पूर्वतर्फ भेटिएको हो। बालिकाको शरिरमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

उनकाअनुसार बालिकाको निधार र टाउकोमा चोट छ। उनको शवलाई पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार