आर्मीले उपाधिका लागि शनिबार संकटाको सामना गर्ने



काठमाण्डौ, फागुन २०

त्रिभुवन आर्मी क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोस्रो सेमिफाइनलमा आयोजक रुपन्देही–११ लाई ‘ट्राइबेकर’मा ४–२ ले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

निर्धारित् ९० मिनेट र त्यसपछि थपिएको २० मिनेटमा पनि दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि आर्मीले ट्राइबेकरमा बाजी मार्दै फाइनलमा स्थान बनाएको हो । ट्राइबेकरमा आर्मीका हिरण्य मगर, राजु तामाङ, विवेक बस्नेत र सन्तोष तामाङले बललाई जाली चुमाएका थिए ।

त्यस्तै, रुपन्देहीका शौरव मगर र उत्तम गुरुङले गोल गर्दा अर्का दुई खेलाडी एमबोला र सामसन गोल गर्नबाट चुके । एमबोलाको प्रहार पोस्टबाहिर गयो भने सामसनको प्रहार आर्मीका गोलरक्षकले बचाएका थिए थिए । अब आर्मीले उपाधिका लागि शनिबार संकटा क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News