सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, फागुन २० । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुन आज तोलामा एक हजार चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी आज तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार
















