तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको थियो

प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्