प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि



ईटहरी, फागुन २०
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि सुनसरीको ईटहरीमा सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको यो प्रतियोगितामा ६ टोली सहभागी छन् । सहभागी ५ विकास क्षेत्र र एक विभागीय टोली सशस्त्र प्रहरीलाई दुई समुहमा विभाजन गरिएको छ ।

समुह ए मा एपीएफ, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल छन् भने समूह बी मा पूर्वाञ्चल, मध्यमाञ्चल र सुदूर पश्चिमाञ्चल छन् । प्रत्येका समुहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्नेछन् ।

ईटहरीस्थित डिभिएम स्कुलको मैदानमा हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News